ad ad

समाज


‘एभिग्यान’ नामक औषधी कोरोनामा प्रभावकारी, उत्पादन बढाउँदै जापान

‘एभिग्यान’ नामक औषधी कोरोनामा प्रभावकारी, उत्पादन बढाउँदै जापान

नेपालखबर
चैत २४, २०७६ सोमबार ३:३०,

जापानले फ्लूका कारण हुने रुघाखोकी र ज्वरोको उपचारमा प्रयोग हुँदै आएको औषधीको उत्पादन बढाउने घोषणा गरेको छ।

चीनमा गरिएको प्रयोगका क्रममा कोभिड १९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले याे औषधीको उत्पादन बढाउने घोषणा गरेको बीबीसीले जनाएको छ।

जापानी कम्पनी फुजीफिल्मले उत्पादन गरेको एभिग्यान नामक औषधीको चिनियाँ शहर वुहानमा परीक्षण गरिएको थियो। त्यही शहरमा कोरोनाभाइरसको प्रकोप पहिलोपटक सुरु भएको थियो।

चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड १९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएका छन्।

 जापानले एभिग्यानको उत्पादन बढाउने घोषणा गर्दै अर्को वर्षसम्म २० लाख मानिसलाई पुग्ने गरी त्यसको उत्पादन बढाइने जनाएको छ।

तर अन्य देशका अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको भन्दै त्यसले गर्भवती महिलामा खराब असर गरेको बताइरहेका छन्। त्यो औषधीको जापानमा जारी पहिलो परीक्षण जून महिनामा पूरा हुँदैछ।

जापान सरकारले चाहिँ इच्छुक देशहरूलाई त्यो औषधी निःशुल्क वितरण गर्न सकिने सङ्केत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .