ad ad

समाज


वेलायती महारानीले भनिन्, ‘दोस्रो विश्वयुद्ध स्पिरिटले कोरोना परास्त हुनेछ’

वेलायती महारानीले भनिन्, ‘दोस्रो विश्वयुद्ध स्पिरिटले कोरोना परास्त हुनेछ’

नेपालखबर
चैत २४, २०७६ सोमबार ३:३१,

वेलायती महारानी एलिजावेथ द्वितियले दोस्रो विश्वयुद्धको स्पिरिटमा लकडाउन र सेल्फ आइसोलेसन बस्ने संकल्प गरे वेलायती जनताले कोरोनालाई परास्त गर्न सक्ने बताएकी छिन्।

महारानीको सम्बोधन वेलायतमा दुर्लभ मानिन्छ। ६८ वर्ष लामो राज्यकालमा यो उनको पाँचौं टेलिभिजन सम्बोधन हो। वेलायती नागरिकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘वेलायती जनताले आफ्ना पूर्वजहरुले जस्तै संकल्प देखाउन आह्वान गर्दछु।’

सम्बोधनका क्रममा उनले दोस्रो विश्व युद्धकालीन समयमा वेलायतमा लोकप्रिय भएको गीतका शब्द उदृत गरेकी थिइन्। ‘हामी फेरि भेट्नेछौं। राम्रा दिन फर्किनेछन्’, उनले गीतको लयमा भनिन्। गायक भेरा ल्यानले सन् १९३९ मा गाएको सो गीत दोस्रो विश्वयुद्धकालमा लोकप्रिय थियो।

‘यो रोग (कोरोना)लाई हामी साथसाथै सामना गरिरहेका छौं। म फेरि दोहोर्याउन चाहन्छु यदि हामी एकताबद्ध र दृढ संकल्पका साथ रहन सक्यौं भने यो रोगलाई जित्न सक्नेछौं’, उनले भनिन्, ‘हामीसँग चुनौतीहरु पहिलैदेखि छन् तर यो फरक छ। यो समय हामी विश्वका सबै देशहरुसँगै रहने प्रयास गर्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .