ad ad

समाज


कञ्चनपुरमा गहुँबारीमा भेटियो महिलाको शव

कञ्चनपुरमा गहुँबारीमा भेटियो महिलाको शव

गोकुल जोशी
चैत २६, २०७६ बुधबार ८:४०,

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बुधवार एक महिलाको शव भेटिएको छ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय ३६ वर्षीय कमला विष्ट मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए। विष्ट गहुँवारीमा मृत अवस्थामा भेटिएकी हुन।

उनको मृत्युको कारण खुल्न सकेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि अहिले महाकाली अस्पताल ल्याइएको छ।

विष्टका श्रीमान् कामको सिलसिलामा भारतको पन्जावमा छन्। मृतक विष्टका एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .