ad ad

समाज


सनसिटी अपार्टमेन्ट बस्ने आमा छाेरामा कोरोना संक्रमण पुष्टि

सनसिटी अपार्टमेन्ट बस्ने आमा छाेरामा कोरोना संक्रमण पुष्टि

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ६:५५,

गतमहिना विदेशबाट आई पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

सोमबार र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) बिधिबाट परीक्षण गर्दा त्यहाँ रहेका एउटै परिवारका ३ जनामा संक्रमण देखाएपछि पीसीआर प्रबिधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

तीमध्ये मंगलबार ८१ वर्षीय आमा र ५७ वर्षीय छाेरामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले बताए। बुहारीकाे रिपाेर्ट आउन बाँकी रहेकाे बताइएकाे छ।

उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत् राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .