ad ad

समाज


उदयपुरका ८ जनाको रिपोर्ट शंकास्पद, पुनः परीक्षण हुँदै

उदयपुरका ८ जनाको रिपोर्ट शंकास्पद, पुनः परीक्षण हुँदै

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ८:७,

उदयपुरमा थप ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षण थालिएको छ।

 विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणमा थप ८ जनाको रिपोर्ट शंकास्पद (पोजेटिभ) आएपछि पुनः परीक्षणका लागि उनीहरुको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

उदयपुरका स्वास्थ्य प्रमुख मोहन सुवेदीले शनिबार ६९ जनाको स्वास्ब परीक्षणका लागि कोशी अञ्चल अस्पताल लगिएको र ८ जनाको रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि मंगलबार धरनास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिए।

‘कोशी अस्पतालमा पठाइएका ६९ मध्ये ८ जनाको रिपोर्ट शंकास्पद आयो, त्यसैले आज (मंगलबार) पुनः परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ’, नेपालखबरसँग कुरा गर्दै स्वास्थ्य प्रमुख सुवेदीले भने।

शुक्रबार र शनिबार गरेर उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

शनिबार सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनाको रिपोर्ट संकास्पद आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .