भारतको मुम्बईमा ५३ जना पत्रकार कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बनेका छन्।
एक सय ६७ पत्रकारमा गरिएको परीक्षणमा ५३ जनाको नतिजा पोजेटिभ आएको भारतीय संचारमाध्यमले जनाएका छन्।
ब्रिहनमुम्बई म्युनिसिपल कर्पोरेसन स्वास्थ्य कमिटिका प्रमुख एमी घोलेका अनुसार संक्रमित देखिएकाहरु संवाददाता, फोटोपत्रकार, क्यामेराम्यान, भ्यान अपरेटरहरु हुन्।
भारतमा हालसम्म १८ हजार ५५८ कोरोना संक्रमित छन्। त्यहाँ ५९२ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया