म्यानमारमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका व्यक्तिको नमूना राखिएको एक गाडिमा आक्रमण भएको छ।
विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को गाडीमा आक्रमण भएको र उक्त गाडी चालकको अज्ञात समूहद्वारा हत्या भएको डब्लूएचओले पुष्टि गरेको छ।
सोमबार गाडी चालक पे सोन विन मुआङको हत्या भएपछि डब्लूएचओले दुख व्यक्त गर्दै यस विषयमा तत्काल अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारवाही हुनुपर्ने बताएको छ।
रखायन जिल्लामा बन्दुकधारीले आक्रमण गर्दा गाडीमा आगो लागेको थियो। कोरोना भाइरसको आशंकामा संकलन गरिएको नमूना पनि नष्ट भएको बताइएको छ। सीएनएन
प्रतिक्रिया