ad ad

समाज


कोरोनाको त्राससँगै दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

कोरोनाको त्राससँगै दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ११:३४,

देश कोरोना संक्रमणविरुद्ध लडिरहेका बेला कतिपय जिल्लामा दादुराको प्रकोप देखिएको छ। दादुराबाट दुई बालबालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका बिरामी भेटिएको बताए। झापा, सर्लाही, धादिङ, काठमाडौं, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उनले बताए। १ सय ८५ जनामध्ये धादिङमा २ जना बालबालिकाको दादुराका कारण मृत्यु भएको उनले जानकारी दिए।

मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि वैशाख १७ गतेबाट २३ सम्म खोप दिन सुरु गरिएको छ। प्रकोप देखिएको क्षेत्रमा रहेका ६ महिना दखि १५ वर्षम्मका २० हजारलाई खोप दिइने उनले बताए।

नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवा लिन आउने अभिभावक र बालबलिकाको कोभिडसँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरुसँग आग्रह गरेको छ। कुनै व्यक्तिमा कोरोना संक्रमण संकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ।

गत २४ घण्टामा कोरोनाबाट संक्रमित नदेखिएको पनि मन्त्रालयले जनाएको छ। २४ घण्टामा पीसीआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो। अहिलेसम्म नेपालमा ५७ जना संक्रमित रहेको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताए। अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी विरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अहिलेसम्म पीसीआर विधिबाट १२ हजार ११ नमुना परीक्षण भएका छन्। आरडिटी विधिबाट ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .