ad ad

फोटोफिचर


लकडाउनमा ढकमक्क काठमाडौं (फोटो/भिडियो)


प्रविन कोइराला
बैशाख १८, २०७७ बिहिबार ११:२४,

कोरोना भाइरसका कारण बसन्त ऋतुको आगमनसँगै हामीहरुको घरबन्दी सुरु भयो। तर, तपाईंहरुलाई थाहा छ, यही बेलामा काठमाडौं कति फक्रिएको छ? कति ढकमक्क बनेको छ?

सडक खाली छन्। धुलोधुँवा छैन। दैनिकजसो परेको पानीले वातावरण झन् स्वच्छ बनाएको छ।

संयोग पनि कस्तो भने घरबन्दी कै कारण काठमाडौंवासी अत्यास मानिरहेको बेला प्रकृति भने निकै रमाइरहेको छ।

बसन्तयाममा फुल्ने र फक्रिने बोटविरुवाको लागि लकडाउन बरदान सावित भएको छ। न धुलोले असर गर्ला भन्ने डर, न त गाडी र मान्छेको कर्कस आवाज नै।

तपाईं सम्झनुस त, तीनकुने–माइतीघर सकडखण्डका दायाँबायाँ लगाइएका बोटविरुवा र फूलहरु कस्ता भए होलान्?

धोबी खोला किनारका फूलहरु हुन या सिंहदरबार, वीर अस्पताल र घण्टाघर वरपरका ज्याकारान्डा, चेरी, पारिजात हुन या बगनबेली। बेहुलीजस्तै सजिएका छन्।

लकडाउन खुल्न अझ केही समय लाग्ला। त्यो बेलासम्म यस्तो दृष्यावलोकन ढिला हुनसक्छ। यस्तो भन्दैमा काठमाडौंको यस्तो मनोरम दृष्य हेर्न किन छुटाउनु।

अहिलेलाई हेर्नुहोस् ढकमक्क काठमाडौँका केही मनोरम तस्बिर र भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .