बारामा हतियारसहित एक व्यक्ति पक्राउ परेका छन्।
बारागढी गाउँपालिका ३ सिपुराका मनोज राय नलकटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।
घरबाहिर हिँडडुल गरिरहेका ३५ वर्षीय रायले कम्मरमा लुकाएको अवस्था प्रहरीले पेस्तोल फेला पारेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
उनीविरुद्ध हातहतियार मुद्दामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
जिल्ला अदालत बाराले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ।
प्रतिक्रिया