ad ad

समाज


सहरलाई ‘कोरोनाको एपिसेन्टर बन्न नदिन’ स्वीडेनको पार्कमा फालियो कुखुराको हजार किलो सुली

सहरलाई ‘कोरोनाको एपिसेन्टर बन्न नदिन’ स्वीडेनको पार्कमा फालियो कुखुराको हजार किलो सुली

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १३:३८,

स्वीडेनको लुन्द सहरको मुख्य पार्कमा मानिसहरुलाई आउन नदिन एक टन कुखुराको सुली छरिएको छ।

सहरलाई कोरोना भाइरसको एपिसेन्टर बन्न नदिन पार्कमा सुली छरिएको मेयर फिलिप स्यान्डवर्गले जानकारी दिए।

बिहीबारसम्ममा सुली फाल्ने काम सकिने उनको भनाइ छ।

‘पूरै पार्कमा सुली गनाउने छ। त्यसैले मानिसहरु यहाँ आउने छैनन्,’ मेयर स्यान्डवर्गले भने, ‘सँगसँगै यसले पार्कलाई मलिलो पनि बनाउने छ। हामी कोरोना भाइरसको एपिसेन्टर बन्न चाहन्नौँ। त्यसैले मानिसहरुलाई आउन नदिन यो महत्वपूर्ण उपाय बनेको छ।’

स्वीडेनमा ५० भन्दा बढी मानिसलाई भेला हुन प्रतिबन्ध छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .