ad ad

समाज


सरकारका प्रवक्ता भन्छन्ः सञ्चार क्षेत्रमा विदेशी र स्वदेशी लगानीको अपेक्षा छ

सरकारका प्रवक्ता भन्छन्ः सञ्चार क्षेत्रमा विदेशी र स्वदेशी लगानीको अपेक्षा छ

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ७:२०,

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सञ्चार क्षेत्रमा स्वदेशी तथा विदेशी दुवै किसिमको लगानी अपेक्षा गरिएको बताएका छन्।

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्वमा सञ्चार तथा सूचना प्रविधिको दु्रततर गतिमा विकास भइरहेकोले नेपालमा पनि थप लगानीको अपेक्षा गरिएको बताएका हुन्।

सञ्चार क्षेत्र अगाडि बढाउन सरकारले यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता एवम् कम्पनीहरुको सहकार्य र सहयोगको अपेक्षा गरेको बताए। लगानीको वातावरण सुधार गर्न सरकारले कानुनहरु निर्माण एवं संशोधन गरिरहेको पनि उनले जानकारी दिए।

सरकारले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लिखित सूचना प्रविधि प्राप्तिका लागि सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरण लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिको लागि डिजिटल नेपाल फ्रेमवर्क पाँच वर्षभित्र कार्यान्वयनमा ल्याउन सरकारले सक्रियतापूर्वक कार्यक्रमहरु ल्याएको समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .