ad ad

समाज


प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीलाई कारबाही गर्न माग

प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीलाई कारबाही गर्न माग

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:३८,

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा पोखरामा पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

आज दिउँसो १२ः३० बजे जिल्ला प्रहरी कार्यालय कास्कीको गेट बाहिर बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर निवेदन दर्ता भएको ५ दिनसम्म पनि पीडकलाई पक्राउ नगरेपछि भेला भएका पीडित पक्ष, कानुनी व्यवसायी र जनप्रतिनिधिहरुका सम्बन्धमा समाचार संकलन गर्ने क्रममा प्रहरी निरीक्षकद्वयले पत्रकार नेपालीलाई भिडियो खिच्न रोक लगाउँदै दुर्व्यवहार गर्नुका साथै क्यामेरा खोस्ने प्रयाससमेत गरेका थिए।

स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघले जनाएको छ। महासंघले घटनामा संलग्नमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .