ad ad

समाज


अमेरिकामा जुन महिनाको सुरुमा दैनिक ३ हजारको मृत्यु हुने प्रक्षेपण

अमेरिकामा जुन महिनाको सुरुमा दैनिक ३ हजारको मृत्यु हुने प्रक्षेपण

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:३४,

कोरोना भाइरस महामारीबाट अमेरिकामा जुन महिनाको सुरुमा दैनिक ३ हजारको ज्यान जाने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको छ।

अहिले दैनिक १ हजार ७ सय ५० को मृत्यु भइरहेको छ। यसमा ७० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ।

हाल अमेरिकामा हरेक दिन २५ हजार नयाँ संक्रमित फेला परिरहेका छन्। मे महिनाको अन्त्यसम्ममा यो संख्या बढेर प्रतिदिन २ लाख पुग्ने अनुमान गरिएको छ।

महामारी रोक्न गत ७ हप्तादेखि अमेरिकामा लकडाउन गरिएको छ। अब आर्थिक गतिविधि सुरु गर्ने तयारी थालिएको छ। सो अवस्थामा मृतक र संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको हो।

युनिभर्सिटी अफ वासिङ्टनस्थित द इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनका अनुसार अगस्टसम्ममा अमेरिकामा १ लाख ३५ हजारको ज्यान जानेछ। हालसम्म ६८ हजारको मृत्यु भइसकेको छ। द न्युयोर्क टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .