ad ad

समाज


अध्ययन भन्छः अमेरिकामा हरेक दिन ३ हजारको मृत्यु हुनसक्छ

अध्ययन भन्छः अमेरिकामा हरेक दिन ३ हजारको मृत्यु हुनसक्छ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १०:२०,

अमेरिकी सरकारको एक आन्तरिक अनुसन्धानमा जुन महिनाको सुरुमा दैनिक ३ हजारको मृत्यु हुने प्रक्षेपण गरिएको न्युयोर्क टाइम्सले जनाएको छ।

यो अनुसन्धान फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी र अन्य सरकारी अध्ययनहरुमा आधारित छ।

अहिले दैनिक १ हजार ७ सय ५० को मृत्यु भइरहेको छ। यसमा ७० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ।

हाल अमेरिकामा हरेक दिन २५ हजार नयाँ संक्रमित फेला परिरहेका छन्। मे महिनाको अन्त्यसम्ममा यो संख्या बढेर प्रतिदिन २ लाख पुग्ने अनुमान गरिएको छ।

अमेरिकाको आधा प्रान्तले लकडाउन तथा अन्य प्रतिबन्ध खुलाउनै लाग्दा नयाँ अनुसन्धानको निष्कर्ष सार्वजनिक भएको हो।

हालै फ्लोरिडाका तस्बिरहरु सार्वजनिक भएका छन् जहाँ ठूलो संख्यामा मानिसहरु समुन्द्रको किनारमा भेला भएको देखिन्छ। उनीहरुले मास्क पनि लगाएका छैनन् साथै त्यहाँ शारीरिक दुरीको नियम पालना गरिएको छैन।

Florida governor refuses to shut down beaches amid spread of ...

धेरै प्रान्तहरुमा कयौं व्यापारिक प्रतिष्ठान खुला भइसकेका छन्।

अमेरिकामा हालसम्म १२ लाख १२ हजार ९५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये ६९ हजार ९२५ को मृत्यु भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताउँदै आएका छन्। कोरोनाविरुद्धको उपाय नअपनाए अमेरिकाको अवस्था गम्भीर बन्ने अनुसन्धानमा जनाइएको छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .