ad ad

समाज


पर्सामा दुई महिनाको शिशुसहित १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

पर्सामा दुई महिनाको शिशुसहित १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १०:४०,

पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पाेजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिनाको शिशुदेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको बताए।

संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ। कुल संक्रमितमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्।

 प्रदेश १ मा ३१, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .