ad ad

फोटोफिचर


लकडाउन दैनिकी : अरु घरमा, किसान खेतमै व्यस्त (फोटोफिचर)


प्रविन कोइराला
बैशाख २४, २०७७ बुधबार १०:४३,

देश नै लकडाउनले ठप्प छ। अधिकांश मानिसहरु घरमै बसेका छन्। तर भक्तपुरका किसान भने खेतमै भेटिन्छन्।

भक्तपुरको लोकन्थलीस्थित मनोहरा फाँटका खेतमा फर्सी, चम्सुर, पालुंगो, धनियाँ, लसूनको खेती लोभलाग्दो देखिन्छ। हरियो सागपातले पूरै फाँट किसानको पौरखले हरियाली देखिन्छ।

सरकारले लकडाउनमा कृषि क्षेत्रमा अवरोध नहुने बताएको छ तर खेतमा फलेका सागपात बिक्री गर्न ढुवानीमा समस्या रहेको किसानहरु बताउँछन्। बजारसम्म सागपात पुर्याउन कठिनाइ भएको उनीहरुको गुनासो छ।

शिक्षण पेशाबाट अवकाशप्राप्त स्थानीय कृषक राम कृष्ण हेक्का भन्छन्, ‘लकडाउन भए पनि पेटले लकडाउन नभन्ने रहेछ, खानैपर्ने, खुवाउनैपर्ने, के गर्नु ?’

उनका अनुसार सधैँजसो कालीमाटी, हरिसिद्धि, कीर्तिपुर जस्ता काठमाडौंका विभिन्न स्थानमा यहाँबाट सागसब्जी जाने गरेको थियो। तर लकडाउनले गर्दा अहिले समस्या भएको छ। सोही कारण छरछिमेकमै बिक्री गर्न यहाँका किसान बाध्य हुनुपरेको छ।

स्थानीय किसानले यस्तो गुनासो गरिरहँदा सरकारले भने खुल्लमखुल्ला भारतीय तरकारी नेपाल भित्रिन दिइरहेको छ। मिहिनेत गरेर तरकारी फलायो, सस्तोमा किसानले बेच्नुपरेको छ। बिचौलियाका कारण उपभोक्ताले भने महंगोमा किन्नुपर्ने बाध्यता छ। यसतर्फ सरकारको ध्यान गइदिए बेच्नेले दुई/चार पैसा राम्रोमा बेच्ने र किन्नेले पनि केही सस्तोमा तरकारी किनेर खान पाउने थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .