ad ad

समाज


सेनाले खरिद गरेका स्वास्थ्य सामग्री लिएर चीनबाट हिँडे कन्टेनर

सेनाले खरिद गरेका स्वास्थ्य सामग्री लिएर चीनबाट हिँडे कन्टेनर

उजिर कार्की
बैशाख २५, २०७७ बिहिबार १२:५८,

चीनको चोङचिङबाट २४० सीयूएम स्वास्थ्य सामग्री लिएका कन्टेनर नेपालका लागि प्रस्थान गरेका छन्। बुधबार ११० सीयूएम र बिहीबार १३० सीयूएम स्वास्थ्य सामग्री लिएर कन्टेर चोङचिङबाट बाटो लागेका हुन्।

बिहीबार नै थप ३०० सीयूएम सामग्री ल्याउने व्यवस्था मिलाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

यस्तै, हवाई मार्गबाट ल्याउने सामग्रीका लागि पनि ढुवानीकर्ता कम्पनी र औषधि बिक्रेता कम्पनी सिनोफार्मबीच भन्सार प्रक्रियाका लागि कागजात मिलाउने काम भइरहेको छ। बिहीबारबाट भन्सारका लागि लेवलिङको काम सम्पन्न गरेर प्रमाणिकरणको काम सुरु गरिएको छ।

अप्रिल १० बाट चीनले भन्सार प्रमाणिकरणको काममा कडाइका साथ लागु गरेको छ। नेपालले यो प्रक्रिया पुरा गर्न ३ देखि ५ दिन लाग्ने चीनले यसअघिनै जानकारी गराइसकेको छ।

परराष्ट्र मन्त्रालय, वेइजिङस्थित सैनिक सहचारी र प्रधानसेनापतिले समेत भन्सार प्रमाणिकरणको काम छिटो सम्पन्न गरिदिन आग्रह गरेको प्रवक्ता पाण्डेले बताए।

भन्सार प्रमाणिकरणको काम सम्पन्न हुने बितिकै नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज सामग्री लिन पठाउने सेनाको तयारी छ। दुई वटा उडान मार्फत करिव ३७ टन सामग्री आउने छन्।
तर स्वास्थ्य सामग्री लिन कहिले जहाज पठाउने भन्ने भन्सार प्रमाणिकरणमा भर पर्ने प्रवक्ता पाण्डेले बताए।

सेनाले ल्याउन लागेका २ लाख पीपीईमध्ये ३० हजार विमानमा र बाँकी गाडीमा ल्याउने तयारी छ। विमानबाट २ उडानमा ३७ टन र बाँकी ३ सय ५ टन गाडीबाटै ल्याउने तयारी छ। अत्यावश्यक सामग्री विमानबाट ल्याउने र अरु गाडीबाट ल्याउने तयारी भएपनि गाडी र विमानबाट सामग्री सँगसँगैजसो आउने अवस्था भएको पाण्डेले बताए।

केही दिनमा गाडी पठाउने तयारी गरेको सेनाले जनाएको छ। चीनको गोन्जाओ हुँदै तातोपानी नाकाबाट गाडीमा सामग्री ल्याउन एक हप्ता लाग्छ। नेपाललाई दिने स्वास्थ्य सामग्री चीनले ६ ठाउँबाट संकलन गर्नुपर्छ। केही सामग्री लोड गरिसकेको जानकारी गराइसकेको छ।

चीनबाट सेनाले ६७ प्रकारका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। जसका लागि सेनाले २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ। चिनियाँ सरकारी कम्पनी सिनो मार्फबाट सेनाले जीटूजी प्रक्रियाबाट सामग्री ल्याउने सम्झौता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .