ad ad

समाज


प्रधानन्यायाधीले भने : कोरोनाको महामारीका कारण न्यायक्षेत्र पनि प्रभावित बन्यो

प्रधानन्यायाधीले भने : कोरोनाको महामारीका कारण न्यायक्षेत्र पनि प्रभावित बन्यो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ७:५९,

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कोरोना महामारीका कारण न्याय क्षेत्र पनि प्रभावित भएको बताएका छन्।

कानुन दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले न्यायकोे प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थिति जन्य वाध्यताका रुपमा बुझिदिन आग्रह समेत गरेका छन्।

प्रधानन्यायाधीश जबराले शुभकामना सन्देशमा भनेका छन्, ‘न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।’

न्यायपालिकाको नेतत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि सदा क्रियाशील रहने प्रतिबद्धतासमेत जबराले व्यक्त गरेका छन्।

कहीं कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको बताएका छन्।

कोरोना भाइरसका कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भन्दै महामारीको प्रभाव स्वभावतः न्याय क्षेत्रमा पनि परेको बताएका छन्।

‘नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले संकुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन्। यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि सबैमा हार्दिक आग्रह गर्दछु’, जबराले उल्लेख गरेका छन्।

शताब्दीकै ठलो यस महामारीले ‘प्यान्डेमिक जस्टिस’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको जबराले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .