ad ad

समाज


गाेरखामा नदीले बगाएर दुईजना बेपत्ता, खाेज्दै प्रहरी

गाेरखामा नदीले बगाएर दुईजना बेपत्ता, खाेज्दै प्रहरी

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १५:३९,

गोरखाको गण्डकी गाउँपालिका-२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।

माछा मार्ने क्रममा आज दिउँसो स्थानीय रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। 

बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको वडा नं १ का वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिए। बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको हाे। 

यस्तै गोरखाकै सहिद गाउँपालिका-३ भुवनीटारस्थित मर्स्याङ्दी नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। बाग्लुङकाे बरेनडाँडा गाउँपालिका-१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा आज दिउँसो नदीले बगाएको हो। नदीले बगाएर बेपत्ता उनकाे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .