ad ad

समाज


गाउँ फर्किएका युवा विकास निर्माणमा व्यस्त

गाउँ फर्किएका युवा विकास निर्माणमा व्यस्त

नेपालखबर
बैशाख २९, २०७७ सोमबार २:४९,

कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउनका कारण अध्ययन तथा रोजगारीका बन्द भएपछि गाउँ फर्किएका प्युठानका युवा स्थानीयस्तरमा भइरहेका विकास निर्माणका काममा जुटेका छन्।

गाउँमा आएर बेरोजगार बनेका युवालाई परिचालन गरी स्थानीयस्तरको विकासनिर्माणका काम अघि वढाउन थालिएको छ।

प्युठान नगरपालिका ५ जुम्रीकाँढा ढुंगेठाटीका युवा लकडाउनको सदुपयोग गर्दै सवारीसाधन नचलेका समयमा सडक स्तरोन्नतिका काममा जुटेका छन्।

जुम्रीकांँढा ठूलो गाउँका ४० युवाले नमूना बस्ती विकासको काम गरिरहेका छन् भने ढुंगेठाँटी क्षेत्रका १८ युवाले अर्थोपार्जनसँंगै सडक स्तरोन्नतिको काममा जुटेका छन्।

प्रदेश ५ सरकारको करीब एक करोड बजेटमा नमूना बस्ती विकाससंँगै सडक स्तरोन्नतिको काम थालिएके वडाध्यक्ष लछुमन भण्डारीले बताए।

युवाले काम गर्दा आफूलाई सुरक्षित राख्दै सामाजिक दूरी कायम गरेका छन्। दैनिक ज्यालादारीमा काम गरेका उनीहरुले दिनमा ६ सयदेखि ८ सयसम्म कमाउने गरेका छन्।

त्यसैगरी प्युठान ८ का युवाको सक्रियतामा सडक स्तरोन्नतिको काम थालिएको छ। दुई वर्षअघि सडक खनिए पनि बीचबीचमा खाल्डा र नाली व्यवस्थित नभएपछि यस क्षेत्रका युवा मिलेर स्तरोन्नतिको काम गरेको स्थानीय युवा दिलबहादुर दसौँदीले बताए।

स्थानीय सात युवाले आफूहरुले साधन र स्रोत जुटाई सडक स्तरोन्नति गरेका हुन्। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा, अनेरास्ववियु पूर्व कोषाध्यक्ष दिलबहादुर दसौँदी, व्यवसायी महेश पाण्डे, शिक्षक शेरबहादुर पाण्डे, माधव केसीलगायतको सक्रियतामा सडक स्तरोन्नतिको काम भएको हो।

‘पटक–पटक सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाइ नभएपछि हामी युवाहरु मिलेर सडक सुधार्नेतर्फ अग्रसर भएका हौँ’, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .