ad ad

समाज


आफैंले बनाएको कोरोना औषधि प्रयोग गर्दा भारतमा आयुर्वेदिक फर्मासिस्टको मृत्यु

आफैंले बनाएको कोरोना औषधि प्रयोग गर्दा भारतमा आयुर्वेदिक फर्मासिस्टको मृत्यु

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ३:३८,

छिमेकी देश भारतको चेन्नाइ निवासी एक आर्युवेद कम्पनीका कार्यकारी निर्देशकले पनि कोरोनाविरुद्धको औषधि विकास गर्ने प्रयत्न गरेका थिए।

द हिन्दुका अनुसार ४७ वर्षका ती आयुर्वेदिक फर्मासिस्टले पछिल्लो समय कोरोना भाइरस उपचारको लागि औषधि अनुसन्धान गरिरहेका थिए।

तर हालै आफैंले बनाएको औषधि प्रयोग गर्दा ती व्यक्तिको मृत्यु भएको छ। उनले कोरोनाको औषधि बनाउन रसायनिक पदार्थहरुको प्रयोग गरेका थिए।

सोही पदार्थ पिउँदा उनको ज्यान गएको द हिन्दुले उल्लेख गरेको छ। अघिल्लो साता मात्र उनले भनेका थिए ‘हामीले कोरोना उपचारको औषधि बनाएका छौं। यो परीक्षण हुने क्रममा छ।’

कोरोना महामारीले हायलकायल भइरहेको भारतमा उनको यो सन्देशले निकै ठूलो स्थान पाएको थियो। चेन्नाईमा मात्र नभई दिल्लीमा पनि यो सखुद समाचारको प्रशंसा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .