ad ad

समाज


थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १०:२७,

बैतडीमा प्रहरी हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवामा संक्रमण देखिएको हो।

चार थुनुवाको स्वाब परीक्षणका लागि पठाइएको र एक जनाको रिपोर्ट आएकोमा उनको कोरोना संक्रमण देखिएको बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्लीनारायण पाण्डेले बताए।

भारतबाट चैत ६ गते नेपाल आएका उनी कर्तव्य ज्यानको मुद्दामा वैशाख १५ गते पक्राउ परेका हुन्।

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .