आज (शनिबार) बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती काेराेना संक्रमित ३५ वर्षीय पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेकाे नेपालखबरलाई बताए।
धापासीस्थित ग्रान्डी अस्पतालबाट अहिले उनलाई टेकुकाे शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेकाे छ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी गरिएको छ।
संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङका लागि इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिइसकेको स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ।
याे पनि: सर्लाहीका १३ सहित शनिबार बिहानै थपिए ३२ कोरोना संक्रमित
प्रतिक्रिया