ad ad

राजनीति


मन्त्री अर्यालद्वारा प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

मन्त्री अर्यालद्वारा प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

नेपालखबर
जेठ १०, २०७७ शनिबार ६:३,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छन्।

शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले अद्यावधिक नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्र्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए।

मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पारेकी थिइन्।

सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .