ad ad

समाज


अस्पतालबाट भागेका संक्रमितको अनियन्त्रित व्यवहार : आइसोलेसनमा जथाभावी दिशा–पिसाबदेखि तोडफोडसम्म

अस्पतालबाट भागेका संक्रमितको अनियन्त्रित व्यवहार : आइसोलेसनमा जथाभावी दिशा–पिसाबदेखि तोडफोडसम्म

शैलेन्द्र महतो
जेठ ११, २०७७ आइतबार ८:१६,

 शनिबार राति प्रादेशिक अस्पतालको आइसोलेसनबाट फरार भएका कोरोना संक्रमित पुरुषले अस्पतालमा अनियन्त्रित व्यवहार गर्ने गरेको खुलेको छ।

सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मानसिक रोगी समेत रहेको अस्पतालले जनाएको छ। संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरकै अधीनमा रहेको जनकपुर नर्सिङ कलेजको होस्टेलमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

सुरुमा ती पुरुषलाई ६ वटा बेड भएको कोठमा राखिएको थियो। तर उनले त्यहाँ धेरै बर्बाराउनले, फर्निचर तोडफोड गर्ने जस्ता गविधि गरेका थिए। भर्ना भएको तीनदिनपछि पीसीआर परिक्षण गर्ने क्रममा उनी भागेपछि प्रहरीले खोजेर उनलाई छुट्टै दुईवटा बेड भएको आइसोलेसन कोठमा राखिएको थियो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुदप्रसाद सिंहका अनुसार त्यस कोठमामा नभागोस् भनेर बाहिरबाट ताल्चा लगाउने व्यवस्था गरिएको थियो। तर, ती संक्रमित पुरुष त्यस कोठमा पनि धेरै होहल्ला गर्ने, झ्याल ढोका, बेड तोडफोड गर्ने, जथाभावी दिशा–पिसाब गर्ने गतिविधि गरिरहेका थिए।

ती पुरुषलाई दिशापिसाब गराउनका लागि दुई तीनपटक उनी भबस्ने ढोकालाई खोल्ने र बन्द गर्ने काम गरिएको थियो । ती पुरुषको ताण्डवले त्यहाँ भर्ना भएका धनुषा, महोत्तरी र सर्लाहीका तीन दर्जन संक्रमितलाई निकै असहज बनाएको त्यहाँ उपचारार्थ एक संक्रमितले बताए ।

‘उनी आएकै बेलादेखि होहल्ला, तोडफोड, जथाभावी दिशा–पिसाब गर्दै आएका छन्। हामीलाई निकै असहज बनाएको छ। राति ३ बजेपछि कहाँ कसरी भाग्यो भन्ने थाहा भएन’ त्यहाँ उपचारार्थ एक संक्रमित बिरामीले भने।

फरार ती संक्रमितले उनी भर्ना भएका कोठामा झ्याल, ढोका जस्ता फर्निचर तोडफोड तथा दिशा–पिसाब गरेर हेर्नै नसक्ने बनाइ दिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले नेपालखबरलाई बताए। यसअघि पनि ती बिरामी भागेको र पछि प्रहरीले खोजबिन गरी अस्पतालमा ल्याएको बताउँदै मेसु यादवले भने, ‘ती संक्रमित फेरि कहाँ, कसरी भागे भन्ने विषयमा प्रहरीले अनुसन्धान र खोजविन गरिरहेको छ।’

अस्पताल स्रोतका अनुसार संक्रमित अन्य बिरामीहरुलाई ती व्यक्तिले जथाभावी दिशा–पिसाव र तोडफोड गरी बस्नै नसक्ने बनाएकाले तिनीहरु नै मिलेर भगाएको हुन सक्ने बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .