ad ad

समाज


लाइभ रिपोर्टिङ गर्दागर्दै सीएनएनका पत्रकारलाई यसरी गरियो पक्राउ

लाइभ रिपोर्टिङ गर्दागर्दै सीएनएनका पत्रकारलाई यसरी गरियो पक्राउ

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १७:७,

अमेरिकाको मिनेसोटाको प्रहरीले सीएनएनका पत्रकार सीएनएनका रिपोर्टर ओमर जिमेनेज र उनीसँग रहेका क्यामेराकाे टाेलीलाई शुक्रबार लाइभ (प्रत्यक्ष प्रसारण) रिपोर्टिङ गर्दागर्दै पक्राउ गरेको छ।

उनलाई आफ्नो टेलिभिजन च्यानललाई प्रत्यक्ष प्रसारणमा समाचार भन्दाभन्दै पक्राउ गरी हथकडी लगाएर प्रहरीले लगेको दृष्यसीएनएन, बीबीसी लगायतका बिभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रसारण गरेका छन्।

प्रहरीले उनलाई त्यसो गर्नुको कुनै प्रष्ट कारण दिइएको छैन।

जर्ज फ्लोय्ड नामक व्यक्ति मारिएको विरोधमा भएको प्रदर्शन रिपोर्टिङ गरिरहेका उनलाई प्रहरीले प्रदर्शनीस्थलबाटै पक्राउ गरेको हो।

त्यहाँ रहेका अन्य पत्रकारहरुले सञ्चारकर्मीहरुलाई छुट्याइएकै ठाउँबाटै रिपोर्टिङ गरिरहेका सीएनएनका रिपोर्टर ओमर जिमेनेजलाई किन पक्राउ गरियो भन्नेमा आफूहरु पनि अचम्म परेको बताएका छन्।

मिनेसोटाका आधा दर्जन प्रहरीले उनलाई घेरा हाली पक्राउ गरिएको थियो।

प्रहरीले उनलाई पक्राउ गर्न लागिएको भनेपछि ‘किन मलाई पक्राउ गर्ने सर?’ भनी सोधेका थिए।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .