ad ad

समाज


विदेशमा अलपत्र नेपालीलाई भोलिबाट फर्काइने, युएई र म्यानमारबाट २ सय बढी आउँदै

विदेशमा अलपत्र नेपालीलाई भोलिबाट फर्काइने, युएई र म्यानमारबाट २ सय बढी आउँदै

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ८:४१,

सरकारले शुक्रबारबाट विदेशमा अलपत्र नागरिक फर्काउन सुरु गर्ने भएको छ। शुक्रबार युएई र म्यानमारमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने भएको हो।

परराष्ट्र श्रोतका अनुसार युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने भएको हो। यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्।

म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो। त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो। त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको श्रम मन्त्रालय श्रोतले जानकारी दियो।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो। युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ। यसको सूची युएईले पठाइसकेको छ।

उता कुवेतमा ३ हजार नेपाली श्रमिकले आममाफी पाएका छन्। आममाफी पाएका कामदारलाई कुवेतले नै फर्काइदिने भएको छ। कुवेतबाट अन्य करिव ५ हजार बढी श्रमिक कम्पनी बन्द भएर फर्किनैपर्ने अवस्थामा रहेको श्रम मन्त्रालयले जानकारी दियो। उनीहरुलाई फर्काउने मिति र विस्तृत तथ्यांक त्यहाँस्थित दूतावासले तयार गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .