ad ad

समाज


कुकुरबाट बच्न भाग्ने क्रममा इनारमा खसेपछि...

कुकुरबाट बच्न भाग्ने क्रममा इनारमा खसेपछि...

नेपालखबर
जेठ २५, २०७७ आइतबार १५:१६,

इन्डोनेसियाको बालीमा कुकुरले लखेटेर भाग्ने क्रममा इनारमा खसेका बेलायती नागरिकको ६ दिनपछि सकुशल उद्धार गरिएको छ।

इन्डोनेसियाली अधिकारीका अनुसार २९ वर्षीय याकोब रोवट्र्सलाई ४ मिटर गहिरो इनारका लागि खनिएको खाल्डोमा फसेको अवस्थामा एक स्थानीय किसानले देखेपछि उद्धारका लागि गाउँलेलाई खबर गरेका थिए।

गाईलाई घाँस दिन जाँदा एक विदेशीले सहयोगका लागि याचना गरेको सुनेका किसानले गाउँले र प्रहरीलाई घटनाबारे जानकारी गराएपछि रोवट्र्सको उद्धार गरिएको उद्धार टोलीका प्रमुख गेडे दर्मादाले एएफपीलाई बताए।

भाग्ने क्रममा खाली इनारमा खस्दा रोबट्र्सको खुट्टा भाँचिएको बताइएको छ। रोबट्र्सले इन्डोनेसियाली अधिकारीसँग गाउँबाट आएको एउटा कुकुरले लखेटेपछि भाग्ने क्रममा इनारमा खसेको बताएका छन्।

‘शनिबार इनारबाट निकाल्दा रोबट्र्स निकै थकित, दुब्लो र घाइते देखिएका छन्,’ साउथ कुटाको प्रहरी प्रमुख युसाक अगस्टिनस सुआईले बेलायती नागरिकको उद्धारपछि भने। रोबट्र्सलाई उद्धारपछि उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जनाएको छ।रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .