ad ad

समाज


कोरोनाका कारण स्याङ्जाका एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

कोरोनाका कारण स्याङ्जाका एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालखबर
जेठ २६, २०७७ सोमबार १:३५,

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए। 

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएका संक्रमितको शव व्यस्थापनको तयारी समेत सुरु गरिसकेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी,पोखराका मेयर, नेपाली सेना,आफन्त र अस्पताल यतिबेला शव व्यवस्थापनमा जुटेका छन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन आचार्यका अनुसार निर्देशिका अनुसार उनको पोखराको रामघाटमै दाहसंस्कार गर्ने तयारी भएको हो।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। त्यसमध्ये ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .