साउदी हाइ–स्पिड रेल परियोजनामा पूर्व राजा कार्लोसले अवैध रुपमा कमिसन लिएको आरोप लागेको छ।
स्पेनिस कम्पनीले मक्का–मदिना रेल लिंक बनाउन ६.७ अर्ब युरोको परियोजना हात पारेको थियो।
यस परियोजनाका लागि साउदीका पूर्व राजा अब्दुल्लाहले कार्लोसलाई एक सय मिलियन अमेरिकी डलर कमिसन दिएको गत मार्चमा खबरहरु सार्वजनिक भएको थियो।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सन् २०१४ याता कार्लोसको सम्बन्ध उक्त परियोजनासँग थियो कि थिएन भनेर अनुसन्धान हुनेछ।
यस घटनामा स्वीस बैंक पनि मुछिएको छ। कार्लोसको नाममा साउदीका राजाले पठाएको एक सय मिलियन डलरको वैधानिकताको बारेमा अनुसन्धान भइरहेको बताइएको छ। एजेन्सी
प्रतिक्रिया