ad ad

समाज


कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ

गोकुल जोशी
जेठ २७, २०७७ मंगलबार १४:२५,

कैलालीको टीकापुर नगरपालिका–१ मा सोमबार मध्यरात १४ वर्षका तीन किशोरीमाथि सामुहिक बलात्कार भएको छ।

बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्ला रहेका छन्।

सोमबार राति १ बजे टीकापुर नगरपालिका–१ स्थित रानी कुलो किनारमा जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले बताए।

‘जबर्जस्ती करणीको जाहेरी पछि चार जनालाई नियन्त्रणमा लिएका छौँ, अझै केही फरार रहेका छन् उनीहरुको खोजीकार्य जारी छ’ डिएसपी बिष्टले नेपालखबरसँग भने, ‘अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको ।’

बलात्कारको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। ति तीन किशोरीले जबरजस्ती करणीको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .