ad ad

समाज


अर्घाखाँचीमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १४:३५,

अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको बुटवलमा उपचार गरी फर्कर्दै गर्दा मंगलबार मृत्यु भएको थियो। उनको स्वाव परीक्षणका क्रममा आज कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।

भारतको मुम्बइबाट जेठ १४ गते आएका उनी क्वारेन्टिनमै बस्ने क्रममा बिरामी भएपछि जेठ २३ गते स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले मृतकमा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए।

मृतककाे सदगतका लागि लागि तयारी गरिएपनी स्थानीयले अबराेध गरेका कारण अहिलेसम्म अन्तिम संस्कार हुन सकेकाे छैन। अध्यक्ष आचार्यले आफूले मृतककाे सदगतका लागि पहल गरिरहेकाे नेपालखबरलाई बताए।

सरकारले बनाएकाे मापदण्ड अनुसार संक्रमितकाे अन्तिम संस्कार गर्नुपर्ने हुन्छ। तर काेराेना सर्ने डरले स्थानीयले गाउँ नजिक शव गाड्न दिएका छैनन्।

 खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। त्यहाँबाट फर्कने क्रममा गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .