ad ad

समाज


कोरोना सारेकाे आशंकामा चीनले औषधिको सूचीबाट हटायो सालक, अब यसको अवैध व्यापार घट्ने अनुमान

कोरोना सारेकाे आशंकामा चीनले औषधिको सूचीबाट हटायो सालक, अब यसको अवैध व्यापार घट्ने अनुमान

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ४:४८,

आफ्नो परम्परागत औषधि विज्ञानमा महत्वपूर्ण स्थान ओगटिरहेको सालकलाई चीनले अब यो प्रयोग नगर्ने भएको छ। मानिसमा कोरोना भाइरस सालकबाट पनि सरेको हुन सक्ने शंका भएपछि चीनले यसलाई औषधिको सूचीबाट हटाएको हो।

संसारभरिमै सबैभन्दा बढी अवैध व्यापार हुने जीवमा सालक पनि पर्छ। त्यसो हुनाको मुख्य कारण चीनले औषधिमा यसको प्रयोग गर्नु नै हो। तर अब चीनले यसलाई औषधिको सूचीबाटै हटाएपछि यसको अवैध व्यापार पनि घट्ने अनुमान गरिएको छ।

सालक लोपन्मुख वन्यजन्तुको सूचीमा पर्छ। परम्परागत चिनियाँ औषधि विज्ञानमा यसको ठूलो स्थान छ।चिनियाँले सालकमा औषधीय गुण भएको विश्वास गर्ने गरेका भए पनि वैज्ञानिक भने त्यस्ताे गुण नहुने बताउँछन्। 

औषधि बनाउँदा यसको खपटा प्रयोग गर्ने गरिन्छ। साथै कोरोना महामारी आउनुअघि चीनमा यसको मासुको व्यापार पनि हुने गर्थ्यो। तर अब चीनले सालकलाई परम्परागत चिनियाँ औषधिको औपचारिक सूचीबाट हटाएको छ। गत मंगलबार मात्रै चीनले यो निर्णय गरेको हो।

कोरोना भाइरस केबाट मानिसमा सर्‍याे भन्नेत त अझै टुंगो लागेको छैन। तर त्यो सुरुमा चीनको उहानस्थित मासु बजारबाट फैलिएको बताइन्छ। र, त्यो चमेराबाट सोझै मान्छेमा सरेको नभई अंग्रेजी भाषामा पान्गोलिन भनिने जीवन सालकबाट सरेको हो भन्ने मत राख्ने वैज्ञानिक धेरै छन्। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .