ad ad

समाज


माइतीघरबाट ७ विदेशी नागरिकसहित १० जना पक्राउ

माइतीघरबाट ७ विदेशी नागरिकसहित १० जना पक्राउ

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ६:२९,

सरकारविरोधी प्रदर्शनमा उत्रिएका ७ विदेशी नागरिकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलकुमार यादवले जानकारी दिए।

‘७ विदेशी नागरिकसहित १० जनालाई पक्राउ गरेका छौँ’, प्रवक्ता यादवले नेपालखबरसँग भने, ‘उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’

प्रवक्ता यादवका अनुसार पक्राउ पर्नेमा दुई महिला र एक पुरुष, चीनका, एक अमेरिकी महिला, एक क्यानेडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली नागरिक रहेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउनुपर्ने, पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, क्वारेन्टिन सुरक्षित बनाउनुपर्ने, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूलाई सुरक्षा दिइनुपर्ने लगायतका माग राहेर युवाहरु स्वतःस्फूर्त प्रदर्शनमा उत्रेका हुन्।

उनीहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोक्नुका साथै नेपालको नयाँ नक्सा र हातमा फूल समेत बोकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .