ad ad

समाज


अमेरिकामा प्रहरीको गोली लागेर अश्‍वेत नागरिक मारिएपछि रंगभेदविरुद्धको आन्दोलन झनै चर्कियो

अमेरिकामा प्रहरीको गोली लागेर अश्‍वेत नागरिक मारिएपछि रंगभेदविरुद्धको आन्दोलन झनै चर्कियो

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १०:४,

जोर्ज फ्लोइड मृत्युको घटनाले अमेरिका अशान्त थियो। प्रहरीले हथकडी लगाइएका फ्लोइडको घाँटीमा ९ मिनेट थिच्दा मृत्यु भएको थियो।

त्यसयता अमेरिकामा मानिसहरुले ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने अभियान संचालन गरिरहेका छन्।

यसबीचमा अमेरिकामा शुक्रबार राति अर्का अश्वेत नागरिकको पनि प्रहरीकै कारण मृत्यु भएको हो।

अमेरिकाको एटलान्टामा अश्वेत नागरिक २७ वर्षीय रेसर्ड ब्रुक्सको प्रहरीको गोली लागि मृत्यु भएको सीएनएनले जाएको छ।

Rayshard Brooks shooting death: Atlanta cops shoot unarmed black man

एटलान्टाको वेन्डी रेस्टुरेन्ट बाहिर कारमै सुतिरहेका रेसर्डलाई त्यहाँबाट हटाउन प्रहरी बोलाइएको थियो। रेसर्ड अन्य सवारीको बाटो छेक्नेगरी कारमा सुतेका थिए।

प्रहरीका अनुसार मापसे सेवन गरेको आशंकामा उनलाई मापसे परीक्षण गरिएको थियो। ब्रुक्सले मापसे सेवन गरेको देखिएपछि उनलाई प्रहरीले गिरफ्तार गर्न खोजेको थियो।

Garrett Rolfe, left, and Devin Bronsan, right.

तर प्रहरीसँग जान नमानेपछि धरपकड भएको थियो। सो क्रममा ब्रुक्सले टेजर गन पनि खोसेको प्रहरीको आरोप छ।

बीबीसीका अनुसार सीसीटीभीमा प्रहरी र ब्रुक्सबीच धरपकड भएको देखिएको छ। तर ब्रुक्स र प्रहरी जब सीसीटीभीको निगरानी बाहिर जान्छन् गोली चल्छ। अस्पतालमा उपचारकै क्रममा ब्रुक्सको मृत्यु भएको हो।

एटलान्टा प्रहरीले बुक्सलाई गोली हान्ने दुई प्रहरीको नाम सार्वजनिक गरेको छ। उनीहरु ग्यारेट रोल्फ र डेभिन ब्रोनसान भएको बताइएको छ। यस घटनामा संलग्न यी दुवै प्रहरीलाई सेवाबाट हटाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .