नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा पछिल्ले २४ घण्टामा ५ महिलासहित ११० जनामा कोरोना पुष्टि भएको बताए।
धनुषामा १, सर्लाहीमा ६, रौतहटमा ७४, बारामा १२ र पर्सामा १७ जनामा कोरोना पुष्टि भएको हो।
सचिव घिमिरेले पछिल्लो २४ घण्टामा २५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
3
Shares
प्रतिक्रिया