ad ad

समाज


सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

सेनाद्वारा कोरोना संक्रमितको शव व्यवस्थापन

नेपालखबर
असार ४, २०७७ बिहिबार १६:६,

कोरोना संक्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव धनगढीको मोहना घाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

मृतकको शव सरकारले तयार गरेको मापदण्ड अनुसार प्रक्रिया पु¥याएर व्यवस्थापन गरिएको उनले बताए। शव व्यवस्थापनका क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .