देशभर बाढीपहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयले आज (साेमबार) बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार लगातार वर्षाका कारण भएको विपद्मा परी ज्यान गुमाउने पुरुषको संख्या ४१ तथा महिलाको संख्या २४ पुगेको हो।
बाढीपहिरोमा परी ३० जना बेपत्ता रहेको बिहान ७ बजेसम्मको तथ्यांकले देखाएको छ। यस्तै घटनामा ३८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया