विवाहसम्बन्धी यस वेबसाइट भारतमा निकै लोकप्रिय छ।
यस वेबसाइटमा महिला र पुरुषले आफ्नो फोटो, नाम, ठेगाना, उमेर, परिवारिक अवस्था, कामको बारेमा साथै छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो।
आफूलाई मनपर्ने व्यक्तिहरु छानेर मानिसहरुले विवाहको लागि यस वेबसाइटबाट कुरा सुरुवात गर्नसक्छन्।
हाल विश्वभर रंगभेदविरुद्धको आन्दोलन चर्किरहेको समयमा यस वेबसाइटबाट छालाको रङ्गबारे प्रावधान हटाउनुपर्ने माग भएको थियो।
अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन् जसबाट अन्ततः सादी डक कम उक्त प्रावधान हटाउन बाध्य भएको बीबीसीले जनाएको छ।
सादी डट कमले पनि उक्त प्रावधानले ‘कुनै उद्देश्यलाई बल पुर्याएको थिएन’ भन्दै त्यो ‘हटाउन बिर्सेको एक प्रकारको फोहोर मात्र थियो’ भनेको छ। एजेन्सी
प्रतिक्रिया