ad ad

समाज


कोरोना : भारतमा एकै दिन थपिए १८ हजार संक्रमित, अहिलेसम्म १५ हजार भन्दा धेरैको मृत्यु

कोरोना : भारतमा एकै दिन थपिए १८ हजार संक्रमित, अहिलेसम्म १५ हजार भन्दा धेरैको मृत्यु

नेपालखबर
असार १२, २०७७ शुक्रबार ३:१४,

 भारतमा एकै दिन १८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

बिहीबार भारतमा १८ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको वल्र्डओमिटरमा उल्लेख छ। योसँगै भारतमा संक्रमितको संख्या चार लाख ९१ हजार एक सय ७० पुगेको छ।

त्यहाँ मृतकको संख्या १५ हजार नाघेको छ। शुक्रबार बिहान पौने दश बजेसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाबाट १५ हजार तीन सय आठ जनाले ज्यान गुमाइसकेका छन्।

बिहीबार मात्रै भारतमा संक्रमणबाट चार सयको मृत्यु भएको छ। भारतमा अहिलेसम्म २८ लाख ५६ हजार ७१ जना संक्रमित उपचारपछि निको भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .