नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४८ जना उपचारपछि निको भएर घर फर्केको बताए।
जसमा ८ महिला र ४० पुरुष रहेका छन्।
योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ६९८ पुगेको छ।
प्रतिक्रिया