त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका एक सैनिकसहित काठमाडौँ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा थपिएका तीन कोरोना संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेका छन्।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार एक सैनिक, एक प्रहरी र साउदी अरेबियाबाट फर्किएका एक जना गरी तीन जनामा संक्रमण भेटिएको हो।
उनका अनुसार संक्रमित सैनिक त्रिभुवन विमानस्थलमा यात्रु व्यवस्थापनमा खटिएका थिए भने प्रहरी चाहिँ टेकुमा कार्यरत छन्। त्यस्तै अर्का एक जना भने हमलसालै साउदीबाट आएका पुरुष हुन्।
प्रतिक्रिया