ad ad

समाज


कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु

नेपालखबर
असार १२, २०७७ शुक्रबार ११:३६,

दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए। अन्दाजी २५, ३० वर्षीया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

मन्त्रालयका अनुसार शुक्रबार नेपालमा थप १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

आजसम्म पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ।

अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन्। देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन्। शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .