ad ad

समाज


नेपालमा तीन हजार १३ संक्रमित निको भए

नेपालमा तीन हजार १३ संक्रमित निको भए

नेपालखबर
असार १४, २०७७ आइतबार ११:११,

नेपालमा कोरोना संक्रमित तीन हजार १३ जना सञ्चो भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

आइतबार कोरोना भाइरस (कोभिड-१९) का ४ सय ६३ जना संक्रमित थपिएका छन्। देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ।

आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .