ad ad

समाज


कृषि मन्त्रालय भन्छः दिल्ली आइपुगेको सलहको ठूलो झुण्डले चिन्ता बढायो

कृषि मन्त्रालय भन्छः दिल्ली आइपुगेको सलहको ठूलो झुण्डले चिन्ता बढायो

नेपालखबर
असार १४, २०७७ आइतबार ११:३४,

कृषि मन्त्रालयले शनिबार नेपाल आइपुगेको सलहको झुण्डभन्दा राजस्थानबाट दिल्ली पुगेको झुण्डप्रति बढि चिन्तित रहेको जनाएको छ।

मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका प्रमुख सहदेव हुमागाई‌‌ले अहिले पनि हावाको दिशा परिवर्तन नभएको कारण चिन्ता बढाएको बताए।

‘अहिलेसम्म नेपालमा प्रवेश गरेको सलहको झुण्डहरु साना छन्। तर अहिले राजस्थानबाट दिल्ली आइपुगेको सहलको झुण्ड निकै ठूलो रहेको छ। यतिको ठूलो झुण्ड आयो भने धेरै क्षति गर्छ,’ हुमागाईंले भने, ‘अहिले पनि पश्चिमी वायु चलिरहेको छ। अझै २–३ दिन त्यो चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।’

पछिल्ला दिनमा हावाले दिशा परिवर्तन गर्दा सलहका ससाना झुण्ड नेपाल प्रवेश गरेको बताए। उनका अनुसार सर्लाही, बारा, पर्सा, रुपन्देहीबाट चार वटा झुण्ड नेपाल प्रवेश गरेको छ।

रुपन्देहीबाट प्रवेश गरेको झुण्ड विभाजन भएर एउटा पाल्पातर्फ, अर्को सैनामैना हुँदै कपिलवस्तुतर्फ लागेको मन्त्रालयले जनाएको छ।

‘सैनामैनाको मकै बारीमा सामान्य क्षति गरेको छ,’ हुमागाईंले भने, ‘अहिले पानी परेकोले त्यो अघि बढ्न नसकेको छैन।’

पाल्पातर्फ लागेको झुण्ड भने दोभानमा रुखमा बसेको छ। त्यसैगरी सर्लाही हुँदै सिन्धुलीतर्फ लागेको सलहको झुण्ड भने भिमान हुँदै चियाबारी पुगेको छ।

त्यसैगरी बाराको डुमरवाना र जितपुर हुँदै नेपाल प्रवेश गरेको अर्को झुण्ड मकवानपुर र काभ्रेको सीमा क्षेत्रमा पुगेको छ। पर्साबाट सबैभन्दा ठूलो समूह प्रवेश गरेको हुमागाईंले बताए। जुन चितवन राष्ट्रिय निकुञ्जतर्फ प्रवेश लागेको छ।

हुमागाईले सबै प्रदेश तथा स्थानीय निकायहरुसँग समन्वय गरेर क्षतिलाई न्यूनीकरण गर्ने गरी काम भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .