काठमाडौंको स्वयम्भूबाट अवैध बुद्धचित्तको मालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित प्रहरीले पक्राउ गरेको हो।
उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया