ad ad

समाज


मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता

मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता

नेपालखबर
असार १४, २०७७ आइतबार १६:७,

निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन्।

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए। बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .