नेपालमा फेरि ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको बताए।
यो पनि: काठमाडौं उपत्यकामा संक्रमित व्यवस्थापनमा के गरिँदैछ?
डा. गौतमका अनुसार १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन्।
हालसम्म महिला २ सय ६६ र पुरुष २ हजार ८ सय ६६ गरी जम्मा ३ हजार १ सय ३४ जना डिस्चार्ज भएका छन्।
प्रतिक्रिया