काठमाडौंको कुलेश्वरबाट ६५ लाख ८ हजार अवैध रुपैयाँसहित प्रहरीले दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना भारतीय र अर्का एक नेपाली हुन्। प्रहरीका अनुसार पक्राउ पर्ने कुलेश्वर बस्ने भारतीय नागरिक २५ वर्षीय शंकर सिंह र बारा जिल्लाका ४७ वर्षीय रमेश सिंह रहेका छन्।
कुलेश्वरस्थित थोक फलफूल व्यापार हुने स्थानमा हुण्डी कारोबार (समानान्तर बैकिङ कारोबार) हुँदैछ भन्ने विशेष सूचनाका आधारमा वृत्त कालिमाटीबाट खटिएको प्रहरीटोलीले शंकाष्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरुको खानतलासी गर्दा निजहरुको साथबाट सो परिमाणको रकम फेला पारेका हो।
त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया